सबै श्रेणीहरू

यी हुन राजधानीमा लुटपाट मच्चाउनेहरु

यी हुन राजधानीमा लुटपाट मच्चाउनेहरु

जिल्ला प्रहरी परिसर, काठमाडौंले गोली हानेर पक्राउ गरिएको १० लुटेरालाई सार्वजनिक गरेको छ । गएराति कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीबाट नियन्त्रणमा लिइएकाहरुलाई आज दिँउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।  

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे–३ का २३ वर्षीय मनिष रसाईली, सिन्धुलीको मरिन गाउँपालिका–७ का ३२ वर्षीय सबिन माझी, काभ्रेको चौरी देउराली गाउँपालिका–१ का २९ वर्षीय पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, भुम्लु गाउँपालिका–३ का १८ वर्षीय राजीव भण्डारी, रामेछाप दोरभा गाउँपालिका–८ का विशाल तामाङ, खोटाङको दिर्परुङ चुई चुम्बा गाउँपालिका–३ का २८ वर्षीय विदुर विश्वकर्मा, सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङ रहेका छन् । 

धारिलो हतियारसहित समूह बनाएर उनीहरुले रातको समयमा मान्छेको कान र घाँटीबाट गरगहना र नगद लुट्दै आएका थिए । २७ जनाले जाहेरी दिएपछि प्रहरीले सो समूहलाई खोजिरहेको थियो । सोही क्रममा प्रहरीले गएराति गोली चलाएर १० जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् ।