स्याङ्जामा गरिमा विकास बैंकको सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको छ । बैंकको विरुवा गाउँपालिका–१, स्थित शाखाका सुरक्षा गार्ड शेरबहादुर थापामाथि चक्कु प्रहार भएको हो ।
उनीमाथि चक्कु प्रहार गरेको आरोपमा स्थानीय ३० वर्षीय महेन्द्रनारायण श्रेष्ठ पक्राउ परेका छन् । यो घटना अस्ति बिहानको हो । प्रहरीका अनुसार श्रेष्ठले मदिराको झोकमा सुरक्षा गार्ड थापामाथि चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनलाई हिजो पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।