घडीको घनचक्करमा नयाँ मन्त्री

घडीको घनचक्करमा नयाँ मन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नाडीमा बाँधेको घडी सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफ्नो घडीलाई लिएर टिकाटिप्पणी गरिएपछि उनले सामाजिक सञ्जालबाटै स्पष्टिकरण दिएका छन् ।

मन्त्रीमाथि एक करोड ४४ लाख मूल्य पर्ने ‘रोलेक्स डेटोना’ घडी बाँधेको आरोप सामाजिक सञ्जालमा लगाएपछि आफ्नो नाडीमा रहेको सो घडी ‘रोलेक्स’ नभएर ‘रोस्टर’ ब्रान्डको भएको जनाएका छन् । 

त्यो पनि जापानमा बस्ने आफ्ना दाइको पुरानो घडी भएको जनाउँदै चार वर्षअघि नेपाल आउँदा छुटेको घडी बाँधेको भनाइ छ । उनका दाजु टोकियोमा बस्ने जानकारी पनि दिइएको छ ।

पोखराका पत्रकार सुमन ढुंगानालाई उनले भनेका छन्, ‘यो घडी १५ वर्षजति पुरानो मोडल हो । मूल्यबारे मैले गुगलमा खोज्दा पाइनँ,तर साथीभाइसँग सोध्दा ३०–६० हजार रुपैयाँसम्म पर्न सक्छ ।’

 

टिप्पणीहरू