चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत) को राजधानी ल्हासा नजिकैका किसानले विशाल आकारका फर्सी उब्जाएका छन्। स्थानीय माल्द्रोङकार काउन्टीको काउन्टीको कृषि प्रदर्शन फर्ममा उत्पादन गरिएको १५१ किलोग्रामको विशाल फर्सीले सबैको ध्यान खिचेको छ।
चाइना डेलीका अनुसार यसको गोलाई ९५ सेन्टिमिटर रहेको छ । सानदोङ प्रान्तको सोउग्वाङबाट आएका मेङ देलीले २०१६ देखि आफ्नो कृषि विशेषज्ञता र अनुभव साट्दै आएका छन् । मेङले अप्रिल २०२५ अघि माल्द्रोगुङ्कार पार्कमा काम गर्नुअघि पनाम र खाङमार काउन्टीमा स्थानीय फलफूल र तरकारी उत्पादन विकासमा सहयोग पुरयाएका थिए।
उनको अनुभव र प्राविधिक सहयोगले विशाल फर्सी र अन्य कृषिजन्य उत्पादनमा उल्लेखनीय प्रगति भएको बताइएको छ।

