एनपिएलमा ढाका टोपी ट्रेण्ड
नेपाल प्रिमियर लिग (एनपिएल)का दर्शकले 'ढाका टोपी अभियान' चलाएका छन् ।
आगामी शनिबार हुने खेल हेर्न कीर्तिपुरस्थित टियु रंगशाला पुग्ने दर्शकलाई ढाका टोपी लगाउन सामाजिक सञ्जालबाट आह्वान गरिएको छ । त्यसदिन दुई खेल हुँदैछ ।
पहिलो खेल कर्णाली याक्स भर्सेज लुम्बिनी लायन्स र काठमाडौँ गुर्खाज भर्सेज विराटनगर किंग्सबीच प्रतिष्पर्धा हुने तालिका छ । उक्त खेललाई लक्षित गरेर क्रिकेटप्रेमी युवाहरूले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका डिजिटल प्ल्याटफर्ममा ढाका टोपी ट्रेण्ड चलाएका हुन् ।
नेपालमा बढ्दै गएको क्रिकेटको लोकप्रियतालाई अन्तराष्ट्रियस्तरमा पुर्याउन ढका टोपी ट्रेण्ड चलाइएको बताइएको छ । यद्यपि, यसलाई अनिवार्य नभइ स्वच्छिक भनिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ह्यासट्याग गर्दै भनेका छन्, ‘खेल हेर्न जाने सबैले ढाकाटोपी लगाऔँ, अन्तराष्ट्रिय समुदायलाई एकताको सन्देश दिऔँ ।'
टिप्पणीहरू