जेनजी कुट्ने दुई जनप्रतिनिधि बारामा पक्राउ

जेनजी कुट्ने दुई जनप्रतिनिधि बारामा पक्राउ

बारामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा दुई जनप्रतिनिधि पक्राउ परेका छन् । 

जितपुर सिमरा उपमहानगरपालिका-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र ६ का कैमुध्दिन अन्सारी समातिएका हुन् । बारामा हिजो बिहान एमालेका स्थानीय कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो । 

एमाले महासचिव शंकर पोखरेल,महेश बस्नेत,भानुभक्त ढकाल लगायतका नेता राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन आउन लागेको थाहा पाएपछि जेनजीहरुले सिमरा विमानस्थल घेराउ गरेका थिए । तर, एमाले कार्यकर्ताले उनीहरूलाई मुक्का हानेपछि झडप शुरु भएको थियो । 

घटनामा संलग्न रहेको आरोपमा श्रेष्ठ र अन्सारीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । उनीहरू दुबैजना गत निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

टिप्पणीहरू