६ वर्ष बित्यो, इराकीहरूले बिर्सिएनन् अमेरिकी हत्याकाण्ड
अमेरिकी आक्रमणमा ध्वस्त इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै स्मारक बनाइएको छ ।
अमेरिकी सेनाले ध्वस्त पारेका ऐतिहासिक संरचनालाई जस्ताको त्यस्तै राखेर मार्मिक स्मारक निर्मण गरिएको हो । हत्याकाण्डमा मारिएका इराकी नेता अबु महदी अल–मुहान्डिसको सम्मानमा सन् २०२४ मै सो स्थानलाई नामकरण गरिएको थियो।
३ जनवरी २०२० मा भएको अमेरिकी ड्रोन हमलामा इरानको कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानी र इराकका पपुलर मोबिलाइजेसन फोर्सेसका उपप्रमुख अबु महदीको हत्या भएको थियो । घटनाको छ वर्ष पुगेको दिन दुई नेताको शालिकसहित स्मारक उद्धाटन गरियो ।
त्यसअघि आयोजित शोक सभामा हजारौं मानिसहरू भेला भएका थिए । मानिसहरू हिंड्दा हावामा धूप र अन्त्येष्टिको मन्त्र गुन्जिरहेको थियो ।
जलेको सवारी साधनको भग्नावशेषबाट बनाइएको स्मारकलाई शान्तिका प्रतीक सेतो परेवाले सजाएका छन् । सामूहिक शोक सभामा प्रार्थना गर्न भग्नावशेष अगाडि भेला भएका मानिसहरूमा गहिरो पीडा देखिन्थ्यो ।
स्मारक नजिकैको पर्खालमा, अरबी र फारसी भाषामा लेखिएका हस्तलिखित सन्देशहरूका साथ सयौं मैनबत्तीहरू बलिरहेका थिए, जुन आफैँमा हृदयविदारक थियो ।
टिप्पणीहरू