आत्महत्यामा 'जिएस-५' जर्मन बन्दुक प्रयाेग

आत्महत्यामा 'जिएस-५' जर्मन बन्दुक प्रयाेग

भक्तपुरमा एक व्यक्तिले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । मध्यपुर ठिमी नगरपालिका-६ राइटोल बस्दै आएका अन्दाजी ४० वर्षीय सनिप चाम्लिङ राईले आफ्नै कञ्चटमा गोली हानेका हुन् । 

राईले आज अपरान्ह ४ बजेतिर 'जिएस-५' जर्मन बन्दुकले आफैलाई गोली हानेको प्रहरीले जनाएको छ । उनी सुरक्षाकर्मी नै रहेको प्रहरीको अनुमान छ । यद्यपि, पुष्टी भइसकेको छैन । 

अहिले प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू