पहिला हनिमुन,अनि बल्ल बिहे

पहिला हनिमुन,अनि बल्ल बिहे

अभिनेत्री नीति शाहले आगामी फागुन दोस्रो साता याञ्चित राणासँग बिहे गर्न लागेकी छन् । गत वैशाख ५ गते काठमाडौँ जिल्ला अदालतमा कानुनी बिहे गरेकी उनले फागुन ८, ९ र १० गते धार्मिक परम्पराअनुसार बिहे गर्न लागेकी हुन् । 

सन् २०१७ को ‘मिस इन्टरनेशनल नेपाल’को विजेतासमेत रहेकी नीतिको परिवारले बिहेको लागि तीन वटा भेन्यु समेत बुक गरिसकेको बुझिएको छ । तीन दिनसम्म चल्ने बिहेको समारोह प्रत्येक दिन फरक फरक भेन्युमा हुनेछ । 

हाल चलचित्र ‘जदौ’को छायाँकनमा व्यस्त रहेकी नीतिले कानुनी बिहे गोप्य राख्न खोजे पनि निकटस्थ कलाकारबाटै सूचना चुहिएको थियो । चलचित्र वृत्तमा ‘ग्ल्यामर्स अभिनेत्री’को छवि बनाएकी उनका प्रेमी राणा एरोस्पेस इञ्जिनियर तथा व्यवसायी हुन् । उनीहरु केही महिनाअघि हनिमुनको लागि विदेश गएर फर्किएका थिए ।

टिप्पणीहरू