देउवासँग भिडेका ढकाल ज्ञवाली र भण्डारीको चेपुवामा

देउवासँग भिडेका ढकाल ज्ञवाली र भण्डारीको चेपुवामा

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेर चर्चामा आएका सागर ढकाल आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका छन् । दुई साताअघि रास्वपामा प्रवेश गरेका उनले आज उम्मेदवारको टिकट लिएका हुन् । 

नेकपा (एमाले)ले उक्त निर्वाचन क्षेत्रमा पार्टीका पूर्व उपमहासचिव प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले पनि नेता चन्द्र भण्डारीलाई अघि सारेको छ । २०७९ को निर्वाचनमा त्यहाँबाट भण्डारी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनले ३३ हजार ७ सय ४४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत ल्याएका थिए । 

दुई महिनाअघि ढकाल र पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले कुलमान घिसिङ र बालेन साहसँग मिलेर वैकल्पिक शक्ति बनाउने तयारी गरेका थिए । तर कुलमान र बालेन रास्वपामा समाहित भएपछि ढकाल र श्रेष्ठको योजना सफल हुन सकेन । सो क्रममा बरु ढकाल नै रास्वपा प्रवेश गरे ।

टिप्पणीहरू