सञ्चारमन्त्रीले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
खरेल प्रतिनिधिसभा सदस्यको लागि ललितपुरबाट चुनाव लड्ने तयारीमा छन् । यद्यपि, उनको निर्वाचन क्षेत्र तय भइसकेको छैन । क्षेत्र नम्बर ३ का लागि तोसिमा कार्कीले टिकट लिइसकेको हुँदा बाँकी रहेका क्षेत्र नम्बर १ र २ मध्ये एकठाउँबाट खरेल उम्मेदवार बन्ने छन् ।
दुई साताअघि जनआस्थाको अनलाइन संस्करणमा खरेल र रास्वपा नेताहरु सघन संवादमा रहेको व्यहोराको समाचार प्रकाशित भएको थियो । त्यसयता खरेलले एक सार्वजनिक कार्यक्रममा तत्काल आफू कुनै पार्टीमा नजाने दावी गरेका थिए ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि आजै राजीनामा दिएर रास्वपामा सक्रिय बनिसकेका छन्।
टिप्पणीहरू