देउवाले रिट फिर्ता लिए भने वकिलहरु ‘पेण्डुलम’ हुने

देउवाले रिट फिर्ता लिए भने वकिलहरु ‘पेण्डुलम’ हुने

चुनावी टिकट भागबण्डामा सहमति गरेर भोलि बिहानै उम्मेदवारी मनोनयनमा जान तयार भएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन अवैध रहेको दावी गर्दै दायर गरेको रिटको भविष्यमाथि प्रश्न उठेको छ ।

देउवा–खड्का पक्षले गगन खेमालाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज माग गर्दै हिजो सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

तर विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा र देउवा पक्षबीच आज एक भएर चुनावमा जाने सहमति भएपछि उक्त रिट औचित्यहीन बन्न पुगेको छ । भोलि १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदैछ । 

रिटमा निर्वाचन आयोग,विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा विशेष महाधिवेशनपछि बनेको कांग्रेस केन्द्रीय कार्यसमितिका विरुद्ध अन्तरिम आदेशको माग गरिएको छ । प्रमुख निर्वाचन आयुक्तको पद रिक्त रहेका बेला निर्वाचन आयोगले न्यायिक अधिकार प्रयोग गर्न नसक्ने दाबीसमेत रिटमा गरिएको छ ।

गगन इतर समूहले एकातिर चुनाव रोक्न सर्वोच्चमा मुद्दा हाल्ने र अर्कोतिर विशेष महाधिवशेन पक्षधरसँग मिलेर चुनावमा जाने तयारी गर्नु द्वैध चरित्र भएको टिप्पणी गरेका छन् ।

गगन इतर समूहले एकातिर चुनाव रोक्न सर्वोच्चमा मुद्दा हाल्ने र अर्कोतिर विशेष महाधिवशेन पक्षधरसँग मिलेर चुनावमा जाने तयारी गर्नु द्वैध चरित्र भएको टिप्पणी गरेका छन् । 

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति भएकाले आगामी वैशाखका लागि तय नियमित महाधिवेशन नभएसम्म पार्टी नेतृत्व आफूहरूमै रहने दाबी गर्दै आएको थियो । उक्त रिटमा कारण देखाऊ आदेशसम्म जारी गरेर थन्क्याउन सकिने देउवा–खड्का निकट एक कानुन व्यवसायीले बताएका छन् ।

भन्छन्, ‘तर आफैँ मिलेर हामीलाई पेन्डुलम बनाउने काम भयो । रिटको प्रतिरक्षामा बहस गर्न जाऊँ कि नजाऊँ भन्ने अवस्था उत्पन्न भएको छ । रिट नै फिर्ता लिने कि भन्ने कुरा पनि छ, नत्र शो–कज भएर पेन्डिङमा जान सक्छ ।’

टिप्पणीहरू