तारा एअरमा गएर प्रचण्डले बाँडे तारा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तारा एयरको चार्टर उडानमा रुकुम पश्चिम पुगेका छन् ।
काठमाडौंबाट नियमित उडानमा नेपालगञ्ज गएका उनले रुकुम पश्चिम पुगेर त्यहाँका उम्मेदवार गोपाल शर्मालाई औपचारिक रूपमा पार्टीको मनोनयन पत्र प्रदान गरेका छन् ।
त्यसपछि स्थलमार्ग हुँदै रुकुम पूर्व गएका अध्यक्ष प्रचण्डले भोलि उम्मेदवारी दर्ता गर्दैछन् । रुकुम पूर्व पुगेका प्रचण्डलाई स्थानीय कार्यकर्ताको भीडले स्वागत गरेको थियो । प्रचण्ड पर्सि राजधानी फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू