यताको टिकट उता हस्तान्तरण

यताको टिकट उता हस्तान्तरण

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धाका लागि झापा गएका छन् । सभापति रवि लामिछानेको हातबाट दिउँसो जनकपुरमा मनोनयन टिकट लिएपछि झापा गएका हुन् । काठमाडाैंमा हिजाे तयार भएकाे पत्र आज दिइएकाे हाे ।

उता बालेनकै लागि भनेर पार्टी जिल्ला कमिटीले दमकमा तीन वटा घर भाडामा लिइसकेको बताइन्छ । पार्टीका नेताहरुले एउटा घरमा बालेन बस्ने, अर्को घरमा उनको मिडिया टिम र तेस्रो घरमा बालेनको चुनावी प्रचारमा खटिने नेताहरु बस्ने बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली पनि २०४८ सालदेखि सोही निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् । यसबीचमा भएका निर्वाचनमध्ये एक पटक बाहेक अन्य सबै निर्वाचनमा उनी विजयी भएका हुन् ।

टिप्पणीहरू