कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन

कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गर्नुभएको हो ।

नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता ल्याउँदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झ अब हटेकोे छ ।

अत्याधुनिक प्रवधिको उच्चतम् प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पे विचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवा मार्फत् डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी कालिमाटी फलफूल तथा तरकारी बजारमा आर्थिक कारोबार गर्ने सम्पूर्ण कृषक, कृषिजन्य उपजसँग सम्बन्धित व्यापारी, व्यवसायी, उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

टिप्पणीहरू