समयमा बजेट तर्जुमा नगरेका गाउँपालिकाको संख्या दुई दर्जन बढी

समयमा बजेट तर्जुमा नगरेका गाउँपालिकाको संख्या दुई दर्जन बढी

राष्ट्रिय गाउँपालिका महासंघले चार सय २९ वटा गाउँपालिकाले तोकिएको समयभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेको जनाएको छ । ४६० गाउँपालिकामध्ये २९ वटाले तोकिएको समयमा बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन, २०७४ अनुसार स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र प्रस्तुत गर्नुपर्छ । महासंघले विगतको तुलनामा तोकिएको समयमा बजेट ल्याउने पालिकाको संख्या बढेको उल्लेख गर्दै यस पटक ३१ वटा गाउँपालिकाले बजेट ल्याउन नसकेको जनाएको छ । 

बजेट पेश गर्न नसकेका ती पालिकाहरुमा अध्यक्ष अस्वस्थ्य भई कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थित, जनप्रतिनिधिबीच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेकोलगायत कारण रहेको महासंघको विज्ञप्तिमा जनाइएको छ ।

महासंघले ती पालिकाले केही दिनमै गर्ने सभा थाल्ने जानकारी दिएको उल्लेख गरेको छ ।
 

टिप्पणीहरू