एभरेष्ट बैंकमा सुवेदी अध्यक्ष, थापा महासचिव

एभरेष्ट बैंकमा सुवेदी अध्यक्ष, थापा महासचिव

एभरेष्ट बैंक कर्मचारी संगठनको अध्यक्षमा परशुराम सुवेदी र महासचिवमा जयकुमार थापा निर्वाचित भएका छन् । अघिल्लो शनिबार काठमाडौंमा सम्पन्न संगठनको पाँचौं राष्ट्रिय महाधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्यसमितिको उपाध्यक्षमा हरेराम मिश्र, सचिवमा प्रमेशराज विष्ट, कोषाध्यक्षमा विज्ञदर्शन आचार्यलाई चयन गरिएको छ । सदस्यहरूमा स्वस्ती चौधरी, सरोज भण्डारी, नवीन पौड्याल, लव विष्ट, सञ्जिव वस्नेत, किस्मत प्रजापति तथा वैकल्पिक केन्द्रीय सदस्यहरूमा आशिष देउजा र कृपाश्वर बुढाथोकी रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्दरकुमार नेगी र संगठनका पूर्वअध्यक्ष चन्द्रमणि आचार्यले संयुक्त रुपमा उद्घाटन गरेको महाधिवेशनले सांगठनिक र आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।

टिप्पणीहरू