गाडी चढ्नासाथ खुरुक्क १८ रुपैयाँ

गाडी चढ्नासाथ खुरुक्क १८ रुपैयाँ

बाग्मती प्रदेश सरकारले स्थानीय रुटमा चल्ने सार्वजनिक यातायातको भाडा २३ प्रतिशतले बढाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरेको हो ।

नयाँ रेटअनुसार उपत्यकाभित्र नै यात्रुले ३५ रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । अब २० किलोमिटरमाथि यात्रा गर्नेले ३५ रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै २० किमिसम्म यात्रा गर्नेलाई ३० रुपैयाँ तोकिएको छ । १ किलोमिटर यात्रा गर्नेले त न्यूनतम १८ रुपैयाँ तिर्नैपर्ने हुन्छ ।

डिलक्स सुविधा भएको गाडीले तोकेको भाडामा २० प्रतिशतसम्म जोडेर लिन पाउनेछ । यात्रुले १५ केजीसम्म सामानको भाडा तिर्नपर्ने छैन । तर १५ केजीभन्दा बढी १० केजीसम्म सामानको प्रतिकिलो ५ रुपैयाँले थप भाडा तिर्नुपर्ने छ ।

सार्वजनिक यातायातहरुले केही दिनअघि मात्र भाडाको विषयलाई लिएर आन्दोलन गरेका थिए । तर यसरी दशैँको मुखमा आएर बढाउनु गलत भएको सर्वसाधारणको ठम्याइ छ ।

टिप्पणीहरू