सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक यातायातको भाडा पुनः बढेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि लागु हुनेगरी नयाँ भाडादर समायोजन गरेको जनाएको छ । 

जसअनुसार अब सार्वजनिक यातायातमा चढ्नासाथ (५ किलोमीटरको दूरीसम्म) १९ रुपैयाँ तिर्नुपर्ने छ । यसअघि न्यूनतम भाडादर १८ रुपैयाँ थियो । 

त्यस्तै, १० किलोमीटरसम्मको २४ रुपैयाँबाट वृद्धि भएर २६ रुपैयाँ, १५ किलोमीटरसम्मको २९ रुपैयाँबाट वृद्धि भएर ३१ रुपैयाँ पुगेको छ । २० किलोमीटरसम्मको ३२ रुपैयाँबाट वृद्धि भएर ३५ रुपैयाँ र २० किलोमीटरभन्दामाथि ३७ रुपैयाँबाट वृद्धि भएर ४० रुपैयाँ नयाँ भाडादर तोकिएको छ । 

मन्त्रालयले बागमती प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालित ट्याक्सीहरुको पनि नयाँ भाडा निर्धारण गरेको छ । जसअनुसार शुरु फ्रयाग डाउनमा ५२ रुपैयाँ र प्रति दुई सय मीटरको भाडादर १० रुपैयाँबाट १० रुपैयाँ ३४ पैसा बनाइएको छ ।

टिप्पणीहरू