२ नम्बरमा नामकै सकस

२ नम्बरमा नामकै सकस

प्रदेश नम्बर २ मा प्रदेश नामाकरणको गाँठो पर्दै गएपछि अध्ययन विशेष समिति गठन गरिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै जसो दलको आफ्नै खालका नाममा अडान भएपछि प्रदेश सभाले नाम अध्ययन गर्न कमिटी गठन गरेको हो ।

प्रदेशका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ‘राजधानीको नामकरणसम्बन्धी टुंगो लगाउन १६ सदस्यीय अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन तयार पार्नुपर्ने कार्यादेश दिइएको छ ।

टिप्पणीहरू