चिनियाँ पाहुना आउनुअगाडि विकास पक्राउ
चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँ उत्रिन केही मीनेट बाँकी रहँदा चीनविरोधी गतिविधिमा संलग्न रहेको आशंकामा एक जना समातिएका छन् । विदेशमन्त्री वाङ बस्ने होटल द्वारिकाज नजिकैबाट प्रहरीले काभ्रेका विकास गिरीलाई पक्राउ गरेको हो ।
चीनविरोधी गतिविधिमा संलग्न रहेको आशंकामा काभ्रे घर भै कोटेश्वर बस्ने बर्ष ३७ को विकास गिरीलाई द्वारिका होटेल पछाडिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।
तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ अपरान्ह चार बजे काठमाडौँ ओर्लिंदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सिधै बत्तीसपुतलीस्थित होटल द्वारिकाज जाने कार्यतालिका छ ।
टिप्पणीहरू