चुनावले विप्लवको पार्टीमा दुई धार, को कता ?
आउँदो स्थानीय निर्वाचन उपयोग गर्ने वा नगर्ने भन्ने विषयमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा दुई धार देखिएको छ । कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले पेश गरेको चुनाव उपयोगको नीतिसहितको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले पक्ष–विपक्षमा धारणा राखेका हुन् ।
६९ सदस्यीय विप्लवको केन्द्रीय समितिका अधिकांश नेताले चुनाव उपयोगको विपक्षमा धारणा राखेको बताइएको छ । सबै केन्द्रीय सदस्यले धारणा राखिसक्दा २५ जनाले मात्रै विप्लवको प्रस्तावको समर्थन गरेको प्रचारवाजी गराइएको छ । ४३ जना केन्द्रीय सदस्यले चुनावमा जाने विप्लवको प्रस्तावको विपक्षमा धारणा राखेको हल्ला छ तर वास्तविकता आउन बाँकी नै छ ।
चुनावको पक्षमा महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र सचिवालय सदस्य सन्तोष बुढामगर खुलेका छन् । त्यस्तै,माइला लामा,अनिल शर्मा विरही,उमा भुजेल,भरत बम, ओमप्रकाश पुन,भेषराज भुसाल, एटम बिसी,चिरन पुन,सुन्दर वली, विराट,सविता तामाङ,विवेक कुमाल, बलवान,तीर्थ राई,अग्नि,रामलाल बोक,भगतसिंह,नन्दबहादुर बुढा, अमर झाक्री,असल क्षेत्री,प्रेम दर्नाल र सुमनसिंहले पनि प्रस्तावमा समर्थन जनाएका छन् ।
चुनावमा जाने महासचिवको प्रस्तावको विपक्षमा सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलासहित चुडामणि वली ‘आदर्श’,उदयबहादुर चलाउने ‘दिपक’,विजय श्रेष्ठ ‘प्रज्वलन’, सन्देश पौडेल,मोहलाल चन्द ‘आधार’,बलबहादुर वली ‘शीतल’, गुणराज लोहनी,ध्रुव घिमिरे ‘विप्लव’,सावित्रा दुरा,नवीन बिक, बन्धु चन्द,निर्मल थमनसिंह राई र देवनारायण साह देखिएका छन् ।
त्यस्तै,आजाद केसी,खुमा सुवेदी, सुमन लिम्बू,शैलेश,पूर्णबहादुर सिंह, रुपेश,विकिरण,जुझारु,सुवास बाँठामगर,विश्व संगम (मुगु), नयन, शरद रसाइली,विशाल चौधरी, लालबहादुर बिसी,समर शाही,सविन पोख्रेल,शरद वली,संगम (कपिलवस्तु),संगम (जाजरकोट), जोशिम,शशी राई,दिपेश राई, आजाद सेन,धिरिन्द्रा उपाध्यक्ष, उभार पुन,बाला थापा ‘कृति’ ले पनि चुनावमा जाने विप्लवको प्रस्तावको विरोध गरेका छन् ।
सल्लाहकार कमिटीका सदस्यहरु असारे काका,चित्रबहादुर आले, दीर्घ पाण्डे र शंकर खड्कालेसमेत चुनावमा जान नहुने मत राखेको दावी गरिएको छ ।
टिप्पणीहरू