गुप्तचरबाटै गद्दारी

गुप्तचरबाटै गद्दारी

देशकै सुरक्षासँग सम्बन्धित सूचना संकलन र विश्लेषण गर्ने जिम्मेवारीप्राप्त निकाय हो राष्ट्रिय अनुसन्धान विभाग । आन्तरिक सुरक्षासँगै सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि इन्टेलिजेन्सको काम गर्ने यो संयन्त्र आफैंमा संवेदनशील मानिन्छ । तर, त्यहाँ कार्यरत एक जिम्मेवार अधिकारीले अति महत्वपूर्ण र संवेदनशील सूचना बजारमा छरपष्ट पारेपछि यतिबेला गृह मन्त्रालयमा खैलाबैला मच्चिएको छ ।

विभागको विश्लेषण शाखाका एसपी शेरजंगबहादुर चन्दले संवेदनशील रिपोर्टहरू विभिन्न अनलाइन पोर्टल, युट्युब च्यानल र आफ्नै ब्लगमार्फत सार्वजनिक गरेको प्रकरण हो यो । स्रोतका अनुसार शाखाले तयार पारेको रिपोर्ट हुबहु सञ्चारमाध्यममा प्रकाशित/प्रशारित भएपछि अन्य कर्मचारीले आइजी हुतराज थापालाई मौखिक जानकारी गराएका थिए, तर त्यसउपर सुनुवाई भएन । त्यसपछि लिखित निवेदन दर्ता भएकोमा हेडक्वार्टरले छानविन शुरु गरिरहेकै बेला अख्तियारमा समेत उजुरी पुगेपछि यो प्रकरणले हलचल मच्चिएको हो । राअविको काम–कारवाहीमाथि पहिलो पटक अख्तियारले चासो राखेपछि एआइजी ओम जोशीको नेतृत्वमा आन्तरिक छानविन कमिटी गठन गरी उसले दिएको रिपोर्टका आधारमा अस्ति रातोघरलाई जवाफ पठाइएको छ । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट हुन सक्ने सुरक्षा खतराको पूर्वानुमान गर्नु र त्यसअनुसार तयार हुनका लागि सरकारलाई पूर्वसूचना दिनु वा अभ्यास गराउनु गुप्तचरहरूको पहिलो काम हो । त्यसनिम्ति लक्ष्यित समूहका गतिविधिमाथि निगरानी र सूचना संकलन गर्नेदेखि राज्यविरुद्ध हुन सक्ने जासुसीपूर्ण गतिविधिको सुक्ष्म अनुसन्धान तथा सूचना संकलन गर्न विभागका कर्मचारी गुप्त रूपमा खटिएका हुन्छन् । सूचना संकलनमा खटिनेहरूको पहिचान खुलाइँदैन । त्यसकारण राष्ट्रिय सुरक्षा र भूराजनीतिसँग जोडिएका सूचना चुहाउनुलाई गम्भीर अपराध मानिन्छ । कला–संस्कृतिसँग सम्बन्धितबाहेक अन्य कुनै पनि विषयका सूचना राज्यका आधिकारिक निकायलाई बाहेक उपलब्ध गराउन नपाउने कानुनी व्यवस्था छ । तर, एसपी चन्दले भने अमेरिका, चीन, भारत, ताइवानसँग सम्बन्धित अति संवेदनशील रिपोर्ट ‘पब्लिक डोमेन’ मै सार्वजनिक गरेको उजुरीमा उल्लेखछ ।

यता, एआइजी जोशी नेतृत्वको समितिले घटनाको निष्पक्ष छानविन गरेकोमा धेरैले शंका व्यक्त गरेका छन् । किनभने एसएसपी हुँदासम्म चन्दकै घरमा बसेका जोशीको उनीसँग घनिष्ट सम्बन्ध छ । राष्ट्रिय अनुसन्धानको प्रभावकारितामाथि संस्थागत रूपमै लामो समयदेखि प्रश्न उठिरहेको छ । सूचना संकलन र विश्लेषणमा उसको भूमिका निरन्तर आलोचनामा पर्दै आएको छ । जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते विध्वंश मच्चिनुमा पनि सूचना संकलनमै त्रुटि देखिन्छ । गुप्तचरले सही समयमा सही सूचना लिन सकेको र त्यसअनुसार सुरक्षाको पूर्वतयारी गरेको भए शायद आन्दोलनले हिंसात्मक रूप लिने थिएन । तर, मुलुकको कार्यकारी प्रमुख नै अघिल्लो दिनसम्म सूचनाबाट पूरै विमुख रहने विचित्रको स्थिति देखियो । जबकि राअवि त्यतिबेलासम्म प्रधानमन्त्री कार्यालय मातहत नै थियो । 

सूचना संकलन र परिस्थितिको आकलन गर्न गुप्तचर कतिसम्म चुकेको देखिन्छ भने २३ गतेको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनेमध्येका एक पुरुषोत्तम यादवलाई गृह मन्त्रालयका एक अधिकृतले अघिल्लो दिन फोन गरेर यसबारे चासो राखेका थिए । उनले २ देखि साढे २ सय हाराहारीमा उपस्थित हुने जानकारी गराएपछि विभागले त्यहीअनुसार रिपोर्ट गरेको थियो । तर, रक्षा बम, मिराज ढुंगाना र सुधन गुरुङ समूहले पनि त्यही दिन प्रदर्शनको अनुमति लिनु अनि उनीहरूबीच समन्वय नहुनुको भित्री कारण खोतल्नेतर्फ गुप्तचरको ध्यान पुगेन । 

२३ गते गोलीकाण्ड मच्चिएपछि जेनजीहरूले डिस्कर्डमा छलफल गरी भोलिपल्ट क–कसको घरमा आक्रमण गर्ने भन्ने योजना बनाए । त्यससम्बन्धी सूचना बाहिर छ्यापछ्याप्ती भैसक्दा पनि गुप्तचर विभाग भने बेखबरजस्तै देखिन्थ्यो । २४ गते बिहान ठाउँ–ठाउँमा हान्न थालिएपछि बल्ल झल्याँस्स भएका गुप्तचरहरूले केही व्यक्तिलाई फोनमार्फत सुरक्षित रहन खबर गरे । भक्तपुरका एमाले नेता महेश बस्नेतलाई पहिले फोनमार्फत र पछि सिडिओ नवराज घिमिरेमार्फत सचेत गराइएको थियो । यस्ता कमजोरी बारम्बार दोहोरिनुमा विभागको मौजुदा संरचना र परिचालन प्रक्रियामा कमजोरी देखिन्छ । सूचना संकलनको लागि आवश्यक जनशक्ति तयार गर्न गुप्तचरहरूले गोप्यरूपमा भित्रभित्र विभिन्न किसिमका खेल मञ्चन गर्नुपर्ने हुन्छ । तर, राअविका कर्मचारी भने खुलेआम सार्वजनिक सभा–समारोह र कार्यक्रमहरूमा अतिथि बनेर मञ्चमा बसेका हुन्छन् । उनीहरूको पहिचान गोप्य नहुँदा सूचना संकलनमै त्रुटी हुने र त्यसअनुसार बनेको प्रतिजासुसी रणनीति उल्टै घातक हुनसक्ने बताउँछन् सुरक्षा मामिलाका विज्ञहरू । 

‘अरु देशको गुप्तचरले भए–भरका सबै सूचना दबाएर बस्छ, हाम्रोमा छरपष्ट पार्ने मात्र होइन आफै राइटर बनेर लेखिदिने गर्छन्’, राअविका एक पूर्वप्रमुख भन्छन्, ‘संवेदनशील रिपोर्टहरू बाहिर ल्याउनु गम्भीर अपराध हो । अरु देशमा त फाँसी नै दिइन्छ ।’गुप्तचरबाटै गद्दारी
देशकै सुरक्षासँग सम्बन्धित सूचना संकलन र विश्लेषण गर्ने जिम्मेवारीप्राप्त निकाय हो राष्ट्रिय अनुसन्धान विभाग । आन्तरिक सुरक्षासँगै सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि इन्टेलिजेन्सको काम गर्ने यो संयन्त्र आफैंमा संवेदनशील मानिन्छ । तर, त्यहाँ कार्यरत एक जिम्मेवार अधिकारीले अति महत्वपूर्ण र संवेदनशील सूचना बजारमा छरपष्ट पारेपछि यतिबेला गृह मन्त्रालयमा खैलाबैला मच्चिएको छ ।

विभागको विश्लेषण शाखाका एसपी शेरजंगबहादुर चन्दले संवेदनशील रिपोर्टहरू विभिन्न अनलाइन पोर्टल, युट्युब च्यानल र आफ्नै ब्लगमार्फत सार्वजनिक गरेको प्रकरण हो यो । स्रोतका अनुसार शाखाले तयार पारेको रिपोर्ट हुबहु सञ्चारमाध्यममा प्रकाशित÷प्रशारित भएपछि अन्य कर्मचारीले आइजी हुतराज थापालाई मौखिक जानकारी गराएका थिए, तर त्यसउपर सुनुवाई भएन । त्यसपछि लिखित निवेदन दर्ता भएकोमा हेडक्वार्टरले छानविन शुरु गरिरहेकै बेला अख्तियारमा समेत उजुरी पुगेपछि यो प्रकरणले हलचल मच्चिएको हो । राअविको काम–कारवाहीमाथि पहिलो पटक अख्तियारले चासो राखेपछि एआइजी ओम जोशीको नेतृत्वमा आन्तरिक छानविन कमिटी गठन गरी उसले दिएको रिपोर्टका आधारमा अस्ति रातोघरलाई जवाफ पठाइएको छ । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट हुन सक्ने सुरक्षा खतराको पूर्वानुमान गर्नु र त्यसअनुसार तयार हुनका लागि सरकारलाई पूर्वसूचना दिनु वा अभ्यास गराउनु गुप्तचरहरूको पहिलो काम हो । त्यसनिम्ति लक्ष्यित समूहका गतिविधिमाथि निगरानी र सूचना संकलन गर्नेदेखि राज्यविरुद्ध हुन सक्ने जासुसीपूर्ण गतिविधिको सुक्ष्म अनुसन्धान तथा सूचना संकलन गर्न विभागका कर्मचारी गुप्त रूपमा खटिएका हुन्छन् । सूचना संकलनमा खटिनेहरूको पहिचान खुलाइँदैन । त्यसकारण राष्ट्रिय सुरक्षा र भूराजनीतिसँग जोडिएका सूचना चुहाउनुलाई गम्भीर अपराध मानिन्छ । कला–संस्कृतिसँग सम्बन्धितबाहेक अन्य कुनै पनि विषयका सूचना राज्यका आधिकारिक निकायलाई बाहेक उपलब्ध गराउन नपाउने कानुनी व्यवस्था छ । तर, एसपी चन्दले भने अमेरिका, चीन, भारत, ताइवानसँग सम्बन्धित अति संवेदनशील रिपोर्ट ‘पब्लिक डोमेन’ मै सार्वजनिक गरेको उजुरीमा उल्लेखछ ।

यता, एआइजी जोशी नेतृत्वको समितिले घटनाको निष्पक्ष छानविन गरेकोमा धेरैले शंका व्यक्त गरेका छन् । किनभने एसएसपी हुँदासम्म चन्दकै घरमा बसेका जोशीको उनीसँग घनिष्ट सम्बन्ध छ । राष्ट्रिय अनुसन्धानको प्रभावकारितामाथि संस्थागत रूपमै लामो समयदेखि प्रश्न उठिरहेको छ । सूचना संकलन र विश्लेषणमा उसको भूमिका निरन्तर आलोचनामा पर्दै आएको छ । जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते विध्वंश मच्चिनुमा पनि सूचना संकलनमै त्रुटि देखिन्छ । गुप्तचरले सही समयमा सही सूचना लिन सकेको र त्यसअनुसार सुरक्षाको पूर्वतयारी गरेको भए शायद आन्दोलनले हिंसात्मक रूप लिने थिएन । तर, मुलुकको कार्यकारी प्रमुख नै अघिल्लो दिनसम्म सूचनाबाट पूरै विमुख रहने विचित्रको स्थिति देखियो । जबकि राअवि त्यतिबेलासम्म प्रधानमन्त्री कार्यालय मातहत नै थियो । 

सूचना संकलन र परिस्थितिको आकलन गर्न गुप्तचर कतिसम्म चुकेको देखिन्छ भने २३ गतेको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनेमध्येका एक पुरुषोत्तम यादवलाई गृह मन्त्रालयका एक अधिकृतले अघिल्लो दिन फोन गरेर यसबारे चासो राखेका थिए । उनले २ देखि साढे २ सय हाराहारीमा उपस्थित हुने जानकारी गराएपछि विभागले त्यहीअनुसार रिपोर्ट गरेको थियो । तर, रक्षा बम, मिराज ढुंगाना र सुधन गुरुङ समूहले पनि त्यही दिन प्रदर्शनको अनुमति लिनु अनि उनीहरूबीच समन्वय नहुनुको भित्री कारण खोतल्नेतर्फ गुप्तचरको ध्यान पुगेन । 

२३ गते गोलीकाण्ड मच्चिएपछि जेनजीहरूले डिस्कर्डमा छलफल गरी भोलिपल्ट क–कसको घरमा आक्रमण गर्ने भन्ने योजना बनाए । त्यससम्बन्धी सूचना बाहिर छ्यापछ्याप्ती भैसक्दा पनि गुप्तचर विभाग भने बेखबरजस्तै देखिन्थ्यो । २४ गते बिहान ठाउँ–ठाउँमा हान्न थालिएपछि बल्ल झल्याँस्स भएका गुप्तचरहरूले केही व्यक्तिलाई फोनमार्फत सुरक्षित रहन खबर गरे । भक्तपुरका एमाले नेता महेश बस्नेतलाई पहिले फोनमार्फत र पछि सिडिओ नवराज घिमिरेमार्फत सचेत गराइएको थियो । यस्ता कमजोरी बारम्बार दोहोरिनुमा विभागको मौजुदा संरचना र परिचालन प्रक्रियामा कमजोरी देखिन्छ । सूचना संकलनको लागि आवश्यक जनशक्ति तयार गर्न गुप्तचरहरूले गोप्यरूपमा भित्रभित्र विभिन्न किसिमका खेल मञ्चन गर्नुपर्ने हुन्छ । तर, राअविका कर्मचारी भने खुलेआम सार्वजनिक सभा–समारोह र कार्यक्रमहरूमा अतिथि बनेर मञ्चमा बसेका हुन्छन् । उनीहरूको पहिचान गोप्य नहुँदा सूचना संकलनमै त्रुटी हुने र त्यसअनुसार बनेको प्रतिजासुसी रणनीति उल्टै घातक हुनसक्ने बताउँछन् सुरक्षा मामिलाका विज्ञहरू । 

‘अरु देशको गुप्तचरले भए–भरका सबै सूचना दबाएर बस्छ, हाम्रोमा छरपष्ट पार्ने मात्र होइन आफै राइटर बनेर लेखिदिने गर्छन्’, राअविका एक पूर्वप्रमुख भन्छन्, ‘संवेदनशील रिपोर्टहरू बाहिर ल्याउनु गम्भीर अपराध हो । अरु देशमा त फाँसी नै दिइन्छ ।’

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू