उत्तरका मन्त्री उडेपछि दक्षिणका राजदूतको प्रवेश

उत्तरका मन्त्री उडेपछि दक्षिणका राजदूतको प्रवेश

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा आज परराष्ट्र मन्त्रालय पुगेका छन् । क्वात्रा प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी शनिवारदेखि हुने भारत भ्रमणको आवश्यक तयारीको निम्ति उताको सन्देश सुनाउन परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाटको लागि मन्त्रालय गएका हुन् ।

बिहान साढे १० बजेको समयमा राजदूत क्वात्रा मन्त्रालय पुगेका थिए । यसअघि तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरेर चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद्का सदस्य वाङ यी हिजो दिउँसो बेइजिङ प्रस्थान गरेका छन् । उनी अफगानिस्तान,पाकिस्तान र भारतको भ्रमणपछि गत शुक्रबार अपरान्ह काठमाडौं आएका हुन् ।

टिप्पणीहरू