१ लाख पत्र बोकेर ५ जना बालुवाटार छिरे

१ लाख पत्र बोकेर ५ जना बालुवाटार छिरे

लामो समयदेखि चर्चामा रहे पनि निर्माणको कुनै सुरसार नभएको सुदूरपश्चिम प्रदेशको पश्चिम सेती जलविद्युत आयोजना बनाउन आग्रह गर्दै सो क्षेत्रका वासिन्दाले प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेका छन् । ७ सय ५० मेगावाटको उक्त जलविद्युत परियोजना यथासक्य छिटो बनाउन सो प्रदेशका नौ वटा जिल्लाका वासिन्दाले लेखेको पत्र आज बालुवाटारमा बुझाउन लागिएको हो ।बोलन्या थली संस्थाले २८ वर्षदेखि चर्चामा रहे पनि कुनै सुरसार नभएको उक्त परियोजना सञ्चालनको निम्ति बाजुरा, कञ्चनपुर, कैलाली, बैतडी, डोटि, अछाम, बझाङ, दार्चुला, डडेलधुराका एक लाख जनाले लेखेको पत्र आज प्रधानमन्त्रीलाई बुझाउन लागेको हो ।

बोलन्या थलीका संयोजक यादव जोशीको नेतृत्वमा पाँच जना उक्त पत्र बोकेर बालुवाटार प्रवेश गरेको बताइन्छ ।

टिप्पणीहरू