मेलम्ची उद्घाटन : पहिले धारामा, अहिले मुहानमा
मेलम्ची खानेपानी परियोजनाको आज पनि उद्घाटन गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज परियोजनाको मुख्य बाँधस्थल अम्बाथान पुगेर सुरुङमा पानी पठाउँदै उद्घाटन गर्नुभएको हो ।
यसअघि गत वर्ष चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा बनाइएको नयाँ धाराको टुटी खोलेर उद्घाटन् गर्नुभएको हो ।
कामको गुणस्तरमा भन्दा रिबन काटेर जस लिने होडबाजीमा परियोजनाको पटक पटक शिलान्यास र उद्घाटन हुँदै आएको छ । पछिल्लो उदाहरण मेलम्ची परियोजना बनेको छ ।
गत वर्ष बैशाख र जेठ महिनामा राजधानीका सीमित ठाउँमा मेलम्चीको पानी वितरण गरे पनि परीक्षणपछि असार १ गते बन्द गरिएको हेडवक्र्सलाई सोही राति आएको बाढी पहिरोले पुरिदिएपछि काठमाडौं ल्याइएको पानी १० महिनासम्म ठप्प भएको हो ।
टिप्पणीहरू