काठमाडौंको बेसिगाउँमा बसले किचेर एकजनाको मृत्यु

काठमाडौंको बेसिगाउँमा बसले किचेर एकजनाको मृत्यु

काठमाडौंको बेसिगाउँमा हिजो बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङगा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
घाइते स्कुटर चालक र स्कुटरमा पछाडी सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ३ जना सवार बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

हिजो मध्यान्ह १२ बजे भएका सवारी दुर्घटनामा संलग्न चालकलाई बस सहित प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू