प्रहरी नियमावलीमा १२ औं संशोधनको तयारी, १६ वर्षमा पेन्सनको ग्यारेण्टी
नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सेवा अवधि १६ वर्ष पूरा गरेपछि पेन्सन पाउने भएका छन् । उनीहरुले १६ वर्षपछि अवकाश लिएमा पेन्सनको व्यवस्था गर्न लागिएको हो ।
त्यसको निम्ति प्रहरी नियमावली (११औं संशोधन) २०७१ र सशस्त्र प्रहरी नियमावली (दोस्रो संशोधन) २०७२ मा संशोधन प्रस्ताव गृहमन्त्री बालकृष्ण खाँणबाट स्वीकृत भएको छ । उक्त संशोधनमा आवश्यक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।
पेन्सन खर्च राज्यकोषसँग सम्बन्धित भएकाले अर्थ मन्त्रालयको सहमति लिन लागिएको हो ।
टिप्पणीहरू