जिम्बाबे ‘ए’ सँग नेपाल ६ विकेटले पराजित

जिम्बाबे ‘ए’ सँग नेपाल ६ विकेटले पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बाबे ’ए’ ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

जिम्बावे ’ए’ का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । टोनीले २३ बल खेल्दै ७ चौका मद्दतमा ५० रन बनाए ।

बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

त्यसअघि आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए । यस्तै रोहित पौडेलले २६ बलमा ३६ र दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन जोडे । करण केसी ४ रनमा अविजित रहे ।

जितसँगै जिम्बाबे ‘ए’ ले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिज अन्तर्गत दोस्रो खेल सोमबार हुनेछ ।

बलिङमा जिम्बाबेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एक–एक विकेट लिए ।

टिप्पणीहरू