राजुको नाम अनुमोदन गर्नु नै थियो भने नारायणलाई बीचमा किन ल्याएको ?

राजुको नाम अनुमोदन गर्नु नै थियो भने नारायणलाई बीचमा किन ल्याएको ?

आज दिउँसो हतार हतार बालुवाटारमा बसेको क्याबिनेट बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गरेको छ ।

बैठक सकिएको घण्टौंसम्म सिंहको मात्र नियुक्ति भएको सरकारी धारणा बाहिर आयो तर, अर्यालको नियुक्तिबारे परस्पर बिरोधी धारणा आए । आधिकारिक व्यक्तिहरुबाटै आजको बैठकमा प्रस्ताव पेश भएको तर निर्णय अर्को बैठकले गर्ने जानकारीसम्म दिइएको सुन्नमा आएको थियो ।

तर अपरान्हदेखि सशस्त्रको महानिरीक्षकमा नियुक्त अर्याललाई सबैले बधाई दिएका छन् । उनले पनि बधाई दिनेलाई धन्यवाद भनिरहेका छन् । केही बेरअघि सशस्त्रको पुस्तकालय उद्घाटनमा पुगेका नवनियुक्त महानिरीक्षक अर्यालको नाममा बालुवाटारमा केही बेर गलफत्ति परेको बताइन्छ ।

प्रधानमन्त्री देउवाको विशेष चाहनामा सुर्खेत घर भएका नारायण पौडेललाई आइजीपी बनाउने कुरोसमेत त्यहाँ चुहिएको थियो । त्यहि कारण अर्यालको नाममा निर्णय भएको वा नभएको भन्नेबारे अनेक टिकाटिप्पणी शुरु भएको बताइन्छ ।

क्याबिनेट बैठकमा नेपाल प्रहरीको आइजीपीबारे निर्णय सुनाइएको थियो । तर, अर्यालको नियुक्तिलाई पछि माइन्युटमा लेख्ने क्रममा समेटिएको उच्च स्रोतले बताएको छ ।

यता सशस्त्र प्रहरीको पुस्तकालयमा एपीएफ स्थापना यताका महत्वपूर्ण घटनाको फोटो समेत राखिएको छ । त्यहाँ माओवादी जनयुद्ध र २०६२-६३ को जनआन्दोलनका महत्वपूर्ण क्षणलाई समेत समेटिएको छ । सो क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुलाई गिरफ्तार गरिँदाको क्षणको फोटो राखिएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा पनि पक्राउ पर्नुभएको त्यसबेलाको फोटो भने राखिएको छैन ।

त्यहि फोटोबारे एक जना एसएसपीको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो,‘बहालरत प्रधानमन्त्रीको त्यति बेलाको गिरफ्तारीसम्बन्धी फोटो राख्नु शोभनीय हुँदैन । कारण अरु केही होइन ।’

टिप्पणीहरू