सिंह मैदान छिरेपछि अनन्तलाई तनाव
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको निर्वाचनलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । उमेदवारहरुले मत माग्दै मतदाताको घर जानेदेखि आफ्ना पार्टीका केन्द्रीय नेतालाई मैदानमा उतार्नेसम्मको अभियान पनि थालेका छन् ।
बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडामा सत्ता गठबन्धनबाट मेयरमा मिनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल र राप्रपाबाट दिपकबहादुर सिंह प्रत्यासी हुन् ।
मकवानपुरका जनतामाझ यी तीन उमेदवारमध्ये दिपकबहादुर सिंह तुलनात्मक रुपमा लोकप्रिय उमेदवार मानिन्छन् । अरु पनि लोकप्रिय नै हुन् । तर सिंह र अरुबीचको हैसियत २० र १९ मात्रको हो ।
हेटौंडामा चुनावी सरगर्मी बढिरहेको बेला गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने स्थिति बनेको अवस्थामा एकाएक दिपकबहादुर सिंह आएपछि एमाले र गठबन्धनको नेताहरुको टाउको दुःखाई सुरु भएको बताउन थालिएको छ ।
हेटौंडाका मतदाताले विवादित व्यक्तिको रुपमा चिनिएका अनन्त पौडेलका विगतका जनता विरोधी अभिव्यक्तिकै कारण उनको स्थानमा दिपकबहादुर सिंहको पल्ला भारी भएको भन्न थालिएको छ । गठबन्धनबाट उठेकी मिनाकुमारी लामालाई काँग्रेसभित्रको असन्तुष्ट पक्ष र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मेयर र उपमेयरमा मत हाल्नु पर्ने कुनै कारण नभएको भन्दै विरोध गर्दै आएका छन् ।
नेकपा एमालेभित्र रहेका बागी उम्मेदवारहरुको कारण विकल्पको रुपमा दिपकबहादुर सिंह हेटौंडाको मेयरमा बलिया उम्मेदवार रहेको र मतदाताको रोजाइमा परेको भन्नेहरु क्रमशः बढेको पाइन्छ ।
जिल्लाकै शैक्षिक गतिविधिमा अब्बल रहेको मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा जब अनन्त पौडेल नियुक्त भएका थिए त्यो दिनदेखि क्याम्पसको गुणस्तर खस्केको आवाज अहिले पनि उठ्न थालेको छ । कलेज स्वःस्फूर्त रुपमा नचल्नु, कलेजामा यो वा त्यो बहानामा विवाद निकाल्नु, विवादास्पद निर्णय गर्नु, भौतिक संरचना निर्माणमा कलेज अघि बढ्न नसक्नुले पनि पौडेल कमजोर उम्मेदवार रहेको मतदाताको बुझाइ छ ।
मतदाताहरु भन्छन,‘एउटा कलेज चलाउन नसक्नेले हेटौंडा उपमहानगरपालिका कसरी चलाउलान्, जनताले कसरी विश्वास गर्ने र मत हाल्ने, महामारीको समयमा हेटौंडाका जनताले दुःख पाहिरहँदा कता थिए अनन्त पौडेल ? श्रमिकहरु भोक भोकै मर्दा ढोका थुनेर बस्ने पौडेललाई जनताले विश्वास गर्ने आधार छैन ।’
कोराना महामारीमा हेटौंडामा रहेका २२ वटा संघ संस्थाले जनताको सेवाको लागि सञ्चालन गरेको क्वारेन्टाइन र आइसोलेसनको खुलेरै बिरोध गरेका पौडेललाई स्थानीय मतदाताले मत हाल्ने आधार नभएको भन्दै सामाजिक सञ्जालमा बिरोध गरेको पाइन्छ । २०७० को संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर ३ मा सिंह र पौडेलबीच नै प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।
गठबन्धनको सहमतिमा मेयर पदमा उठेकी एकीकृत समाजवादीकी लामाको सम्बन्धमा नेपाली काँग्रेस र माओवादीको सानो समूहले विरोध गरे पनि अन्ततः लामाको निकटतम प्रतिस्पर्धी सिंह नै हुने बताइएको छ ।
टिप्पणीहरू