आज कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

आज कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा देशभर नौ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार दुई सय ५५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत भने अझै दुई सय ११ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा तीन जना नयाँ संक्रमित फेला परेका छन् । ललितपुरमा र भक्तपुरमा संक्रमित थपिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३६ रहेको छ । भक्तपुरमा चार र ललितपुरमा चार जना छन् ।

आज पनि संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाकोे ज्यान गएको छ ।

टिप्पणीहरू