भारतीय सुरक्षाकर्मीद्वारा विराटनगर नजिकै हवाई फायर

भारतीय सुरक्षाकर्मीद्वारा विराटनगर नजिकै हवाई फायर

विराटनगर नजिकैको नेपाल भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेको छ । विराटनगर–१८, इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेपछि स्थानीय त्रसित बनेका हुन् ।

स्थानीयका अनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीका जवानले तीन राउण्ड हवाई फायर गरेका हुन् । दुई राउण्ड जमिनमा र एक राउण्ड आकाशमा फायर गरेपछि स्थानीय त्रसित बनेको बताइएको छ ।

मदिरा सेवन गरेर हतियार बोकेका भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार ‘गोली सीमा क्षेत्रमा चलेको भन्ने सुन्यौं, विस्तृत रुपमा बुझ्दै छौँ ।’

टिप्पणीहरू