फाष्ट ट्रयाकमा लोडर पल्टियो, ३ जना चिनियाँको मृत्यु भएको आशंका
काठमाडौंलाई तराईसँग जोड्ने निर्माणाधीन फाष्ट ट्रयाकमा भएको लोडर दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार अरु तीन जना घाइते भएका छन् । द्रुत मार्गमा सञ्चालित लोडर अकस्मात बकैया गाउँपालिकाको सिमात खोलामा खसेको हो । लोडरमा छ जना कामदार चढेको बताइएको छ ।
बकैया–११ घट्टेपाखा र लेनडाँडा नजिक भएको लोडर दुर्घटनामा घटनास्थलमै दुई जनाको ज्याान गएको हो । अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुलाइएको छैन । तर उनीहरु चिनियाँ नागरिक भएको अनुमान गरिएको छ ।
टिप्पणीहरू