स्याङ्जाका समाजवादीले पनि एमाले रोजे
स्थानीय तहको चुनाव घोषणा भएपछि नेता तथा कार्यकर्ताले थालेको दल बदल्ने गति अझै रोकिएको छैन । सोही क्रममा स्याङ्जाका नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि पार्टी परित्याग गरेका हुन् ।
उक्त पार्टीको स्याङजा जिल्ला कमिटीका सचिव टिकाराम नेपालीले एमाले रोजेका हुन् । त्यसैगरी अनेरास्ववियूका केन्द्रीयय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराललगायतले एकीकृत समाजवादी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेको घोषणा गरेका छन् ।
अरु कतिपय जिल्लामा भने एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेको पनि देखिएको छ । त्यसैगरी नेपाली काँग्रेस छाडेर वामपन्थी पार्टीहरुमा र वामपन्थी पार्टी छाडेर काँग्रेस प्रवेश गरेको पनि पाइएको छ ।
टिप्पणीहरू