काँग्रेसका होइन जनता समाजवादी पार्टीका उम्मेदवारलाई भोट हाल्नु : काँग्रेस सभापति

काँग्रेसका होइन जनता समाजवादी पार्टीका उम्मेदवारलाई भोट हाल्नु : काँग्रेस सभापति

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवार विनोद श्रेष्ठलाई विजयी बनाउन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेको छ । नागार्जुन नगरपालिकाको उपप्रमुख पदमा जसपाबाट उठेका श्रेष्ठलाई काँग्रेसले सहयोग र समर्थन गर्ने निर्णय गरेको हो ।

काँग्रेसले काठमाडौंको जिल्ला कार्यसमिति, सम्बन्धित क्षेत्रीय कार्यसमिति, नगर कार्यसमितिलगायतका सबै पार्टी निकायका विभिन्न जिम्मेवारीमा रहेका सदस्यहरुलाई जसपाका उम्मेदवारलाई जिताउन लिखित आग्रह गरेको छ ।प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जारी गर्नुभएको पत्रमा काँग्रेसले जसपाका उम्मेदवार श्रेष्ठलाई सहयोग गर्ने र जसपाले काँग्रेसका प्रमुख पदका उम्मेदवार मोहनबहादुर बस्नेतलाई सहयोग गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

काँग्रेसले सोही विज्ञप्तिमार्फत उपप्रमुख पदका काँग्रेसी उम्मेदवार कल्याणी खड्काको उम्मेदवारी फिर्ता नभएको जानकारी गराउँदै विनोद श्रेष्ठलाई मतदान गर्न भनेको हो ।

टिप्पणीहरू