अष्ट्रेलिया जाने नेपाली चेलीको नाममा शरीर बिक्रीको विज्ञापन

अष्ट्रेलिया जाने नेपाली चेलीको नाममा शरीर बिक्रीको विज्ञापन

उच्च अध्ययनको निम्ति अष्ट्रेलिया पुगेका नेपाली युवती देह व्यापारमा लागेको खबर केही वर्षअघि बाहिर आएको थियो । तर अहिले त्यहाँको विभिन्न शहरका ब्रोथेल तथा कल गर्लहरूको विज्ञापन गरिने वेबसाइटमा नेपाली छात्राहरूको फोटोसहित विज्ञापन हुन थालेपछि अभिभावकमा चिन्ता छाएको छ ।

ऋणधन गरेर गएका कतिपय विद्यार्थीले यसबीच आत्महत्या गरेका छन् भने थुप्रैले सोचेको काम गर्न खर्च अभाव र अनेक तनाव झेल्नुपर्दां उक्त पेशा अपनाएको अनुमान गरिएको छ । कतिपय विदेशको मोहमा नक्कली बिहेको कागज बनाएर गएका छन् त कोहीलेचाहिँ नसोचेको समयसम्म काममा घोटिनुपर्ने भएपछि सजिलो माध्यम अपनाएको पनि बताइन्छ ।

सन् २००८ मै तत्कालीन राजदूत योगेन्द्र ढकालले यसबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएका थिए । तर त्यतिबेला लुकिछिपी उक्त पेशामा लागेको अवस्थामा परिवर्तन भएर पछिल्लो डेढ दशकमा नेपाली युवतीहरू कल गर्लको रूपमा सिड्नी, मेलबर्न र पर्थमा छ्याप्छ्याप्ती भेटिन थालेका हुन् ।

त्यतिबेला विश्वभर छाएको चरम आर्थिक मन्दीका कारण नसोचेको दरमा आम्दानी घटेपछि नेपलीलगायत अन्य देशका विद्यार्थीहरू शरीर बेच्ने कार्यमा संलग्न भएको विश्लेषण गरिएको थियो । ऊबेला अष्ट्रेलियामा १७ हजार नेपाली विद्यार्थी हुँदा अहिले यो संख्या बढेर ५० हजार नाघेको छ ।

केही समयदेखि सेक्स वेबसाइटमा नेपाली युवतीको विज्ञापन नै गर्न थालिएको छ । त्यस्ता वेबसाइटका विद्युतीय विज्ञापनमा नेपाली युवती, उनको रूप, फिगर र प्राप्त हुने उपयुक्त समयको डिटेलसमेत राखिएको पाइन्छ । नाइट लाइफमा रमाउने र क्यासिनोको लतमा फसेका युवतीहरू पछि यौन व्यवसायमा सजिलैसँग लागेको समेत पाइन्छ ।

स्थानीय लोकान्टो डट कम डट एयुमा नेपाली युवतीको फोटो राखेर भनिएको छ,‘सिड्नीमा २५ वर्षकी नेपाली युवती छिन् । इच्छुक पुरुषले दिइएको ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुहोला । तर नगदमा मात्र कारोबार हुनेछ । २४ घण्टा उपलब्ध हुने ती युवतीको निम्ति आधा घण्टाको लागि डेढ सय अष्ट्रेलियन डलर लाग्नेछ । एक घण्टाको लागि दुई सय ५० र दुई घण्टाको लागि चार सय डलर । राति साढे १० बजेपछि बुकिङ रद्द हुने छैन ।’

त्यसैगरी युवतीलाई आफूले चाहेको स्थानमा लैजान चाहेमा घण्टाको तीन सय ५० डलर लाग्ने उल्लेख छ । त्यस्तो अवस्थामा पहिले आधा रकम डिपोजिट गर्नुपर्ने र स्थानको दूरीअनुसार शुल्क घटबढ हुने जानकारी दिइएको छ । त्यस्तो अवस्थामा घण्टाको चार सय ८० डलरसम्म लाग्न सक्ने विज्ञापनमा भनिएको छ ।

त्यस्तै खालका युवतीको विज्ञापन गर्ने फरएभर १९ डट कम डट एयुमा पनि २२ वर्षकी नेपाली युवती उपलब्ध रहेको फोटोसहित विवरण प्रकाशित छ । डी कप आकारको स्तन भएकी युवतीको उचाई १ सय ५९ सेन्टिमिटर रहेको उल्लेख छ । युवतीको सेवा नजिकबाट लिन चाहनेलाई विज्ञापनमा भनिएको छ, ‘भर्खरकी र फूर्तिली भएकीले थोरै समय बिताउँदा उनको सेवाबाट मोहित होइन्छ ।’

टिप्पणीहरू