धरानमा पनि दुई जना काँग्रेसीको पार्टी सदस्यता खारेज
नेपाली काँग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध अर्को पार्टीबाट उठेका दुई जनाको साधारण सदस्यता नै खारेज गरेको छ ।
नेपाली काँग्रेसका सुनसरी जिल्ला समितिले राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडाध्यक्ष रोशन अधिकारी र राप्रपाबाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडाध्यक्ष कृष्ण भट्टराईलाई पार्टीबाट निष्कासन गरेको हो ।
अधिकारी र भट्टराईले पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कार्य गरेको, विधान र नियमावलीको ठाडो उल्लंघन गर्दै पार्टीको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कारण पार्टी विधानबमोजिम अनुशासनको कारबाही जनाइएको छ ।
टिप्पणीहरू