रातो मत्स्येन्द्रनाथको रथ तान्न थालियो
वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न थालिएको छ । मत्स्येन्द्रनाथलाई चार दिनअघि पुल्चोकमा रथारोहण गराएपछि आजदेखि रथ तानिएको हो ।
यो रथ यात्रा काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्रा पनि हो । रातो मत्स्येन्द्रनाथको रथ यात्रा झण्डै दुई महिनासम्म हुन्छ । आज पहिलो दिन रथलाई पुल्चोकबाट गाबहाल पुर्याइन्छ ।
पछिल्लो दुई वर्ष कोभिड महामारीका कारण रथयात्रा पूर्णरुपमा भएको थिएन । यो वर्ष वैशाख ३० गते हुने निर्वाचनको दिन पनि रथ तान्नुपर्ने भएको छ ।
अन्तिम दिन जावलाखेलमा भोटो देखाएपछि यो पर्व विधिवत रुपमा समापन हुन्छ ।
टिप्पणीहरू