केपी ओली ’बेत नलाग्ने’ ’थारो गाई’ हुन् ; मन्त्री श्रेष्ठ

केपी ओली ’बेत नलाग्ने’ ’थारो गाई’ हुन् ; मन्त्री श्रेष्ठ

सामान्य प्रशासन मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट लोकतन्त्रको सुरक्षा हुन नसक्ने ठोकुवा गर्नुभएको छ । पाँच दलीय गठबन्धनले आज काठमाडौँमा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले ओलीबाट लोकतन्त्र खतरामा परेको बताउनुभयो ।

‘उखान टुक्का सुनेर, राम्र–राम्रा हास्य व्यङ्ग्य सुनेर जनताले स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई बहुमत दिलाए, संसदीय चुनावमा पनि बहुमत दिए, तर के भयो देख्यौं,’ श्रेष्ठले भन्नुभयो, ‘केपी ओलीबाट लोकतन्त्र बच्दैन ।’

सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले ओलीलाई थारो गाईको संज्ञा पनि दिनुभयो । ‘अब केपी ओली आयो लोकतन्त्र बचाउला भनेर दाना खुवाएको छ । तर, बेत लाग्ने गाई भए पो ब्याउँथ्यो, थारो गाई के ब्याउँथ्यो’, व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो । ओलीलाई लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिनु मकैबारीमा बाँदरलाई कुरुवा राखे जस्तै हुने उहाँको भनाइ छ ।

सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू