अछाममा माओवादी र काँग्रेसले एक-एक वडा जिते, पालिकामा पनि उनीहरुकै अग्रता
अछामको रामारोशन गाउँपालिका-१ मलातीकोटमा माओवादी केन्द्रका चक्र साउदको प्यानलले जितेको छ । साउदले पाँच सय १९ मत ल्याएर जित हात पारेका हुन् ।
सो वडामा माओवादीकै नरराज खनाल, लाली भण्डारी, डम्बरा साउद र जमुना विक सदस्यमा विजयी भएका छन् । यो वडाबाट गाउँपालिका अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रलाई पाँच सय १० र उपाध्यक्षलाई ४ सय ५९ मत प्राप्त भएको छ ।
त्यसैगरी, कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्टले जितेका छन् । उनले ४ सय ५२ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ सय ४६ मत ल्याएर पराजित भए ।
अछाममा मतगणना भइरहेका दुई गाउँपालिका र एक नगरपालिकामध्ये कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिमा कांग्रेसले अग्रता लिएको छ भने रामारोशन गाउँपालिकामा माओवादीको अग्रता छ । जिल्लाका अन्य पालिकामा पनि मत गणना भईरहेको छ ।
टिप्पणीहरू