आज कोरोनाका सात संक्रमित थपिए

आज कोरोनाका सात संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ८५ जनामा नमूना परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ । अझै एक सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणका कारण आज कसैले पनि ज्यान गुमाउन परेको छैन । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाकोे ज्यान गएको छ ।

टिप्पणीहरू