नाक र औंला दुबै आफ्नै,अरुलाई के को खसखस ?

नाक र औंला दुबै आफ्नै,अरुलाई के को खसखस ?

समाजको निम्ति पथप्रदर्शक बन्नुपर्ने राजनीतिक दलका नेता,उच्च ओहोदाका अधिकारीहरु पछिल्ला दिनमा हाँसोको पात्र बन्न थालेका छन् । सार्वजनिक स्थलमा उपरखुट्टी लाउनु,अरुको खिसिट्युरी गर्नु र विरोधीलाई धारे हात लगाउँदै तथानाम गाली गर्ने नेताहरुको प्रवृत्तिले नयाँ पुस्तालाई कता डोर्याउँछ ?

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उस्तै खालको तस्बिरले सबैको ध्यान खिचेको छ । तस्बिरमा उहाँहरु दुवै जनाले नाकमा औंला घुसारेर आनन्द मानेको प्रष्टसँग देख्न सकिन्छ ।

जबकि प्रधानमन्त्री देउवा महामारीबाट जोगिन अनुहारमा ढाक्नुभएको मास्क चिउँडोमा झारेर भए पनि नाकमा औंला घुसार्न व्यस्त हुनुभएको छ । उहाँहरु दुबैको उक्त कार्य सार्वजनिक समारोहमा उपस्थित हुँदा गरिएको हो ।

‘…लाई भन्दा देख्नेलाई लाज’ भनेझैँ पछिल्लो दुई वर्षदेखि अनुहारमा हात लैजानु स्वास्थ्य मापदण्ड विपरितको कार्य हो । यसलाई कोरोना महामारी रोकथामको पहिलो शर्त मानिएको छ ।

यस्ता दृश्यले साना बालबालिका र नयाँ पुस्ताको मानसपटलमा के असर पर्ला ? कसले विचार पुर्याउने ? कुनै पनि समारोहमा उपस्थित भएर भाषण गर्नुपर्दा विश्वलाई नै आश्चर्यचकिन पार्ने गरी गफ लगाउन पछि नपर्ने हाम्रा नेताहरुको यस्तो क्रियाकलापले कसलाई गिज्याउला ?

टिप्पणीहरू