घट्ला पेट्रोलियम पदार्थको मूल्य ?

घट्ला पेट्रोलियम पदार्थको मूल्य ?

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घट्न सक्ने संकेत गर्नुभएको छ । आज संसद बैठकलाई सम्बोधन गर्दै पेट्रोलियम पदार्थको मूल्य केहि घट्न सक्ने संकेत गर्नुभएको हो ।

जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको उहाँले जानकारी गराउनुभएको हो । मन्त्रीले कति कर घटाइएको हो त्यो भने खुलाउनु भएको छैन ।

घटाइएको भनिएको कर र अहिले वृद्धि भएको मूल्यलाई समायोजन गर्न अर्थमन्त्रालयसँग छलफल भइरहेको मन्त्री बडूको भनाइ छ । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ ।

मूल्यवृद्धिको विरोधमा सत्ता पक्षीय विद्यार्थी संगठनले विरोध र आन्दोलनका कार्यक्रम नै घोषणा गरेका थिए । मूल्यवृद्घिको चौतर्फी विरोध हुँदै आएको छ ।

टिप्पणीहरू