कालोबजारीविरुद्ध क्रान्तिकारी भृकुटी मण्डपमा, प्याड उत्पादक संघ पनि त्यतै
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध निरन्तर प्रदर्शन गरिरहेको अखिम (क्रान्तिकारी) ले आज पत्रकार सम्मेलन गर्न लागेको छ । दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि, कालोबजारी र शिक्षा क्षेत्रका समस्याका बारेमा क्रान्तिकारीले पत्रकार सम्मेलन गर्ने भएको हो ।
दिउँसो पौने १ बजे हुने सम्मेलनका लागि पत्रकारहरुलाई रिपोर्टर्स क्लव नेपालमा बोलाइएको छ ।
आजै नेपाल स्यानीटरी प्याड उत्पादक संघले पनि रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्न लागेको छ । स्यानीटरी प्याड उत्पादनमा नेपाल आत्मनिर्भर हुँदाहुँदै सरकारले विदेशी आयातमा छुट दिएर छ अर्बको स्वदेशी लगानीका उद्योगलाई धरासयी बनाएको भन्दै यसबारे औपचारिक धारणा सार्वजनिक गर्न संघले पत्रकार सम्मेलन गर्न लागेको बताएको छ । त्यसका लागि पौने २ बजे पत्रकारलाई भृकुटीमण्डप बोलाइएको हो ।

टिप्पणीहरू