कुन सवारीको परीक्षा कहिले ?
यातायात व्यवस्था कार्यालयले सबै किसिमका सवारीको नयाँ लिखित तथा ट्रायल परीक्षा मिति सार्वजनिक गरेको छ । कार्यालयले हिजो, आज र भोलि बायोमेट्रिक दर्ता भई आउने सेवाग्राहीका निम्ति लिखित तथा ट्रायल परीक्षा मिति सार्वजनिक गरेको हो ।
जसअनुसार आजबाट आगामी बिहीबारसम्म लिखित परीक्षा सञ्चालन हुनेछ । त्यसैगरी, ट्रायल परीक्षा भने बिहीबार र शुक्रबार गरिनेछ । हालका लागि ए, बी, के समूहमा पर्ने सवारीको मात्र परीक्षा मिति सार्वजनिक गरिएको छ । एफ र जी वर्गमा पर्ने सवारीको सूचना पछि प्रकाशन गरिने कार्यालयले जनाएको छ ।
लिखित परीक्षामा सहभागी हुने परीक्षार्थीहरु बिहान साढे ९ बजेदेखि १ बजेसम्म कार्यालयभित्र छिरिसक्नुपर्नेछ । परीक्षार्थीले अनिवार्य रुपमा सक्कल नागरिकता, प्रवेशपत्र र राजश्व तिरेको रसिदसहित परीक्षा कार्यालयमा उपस्थित हुनुपर्नेछ । ट्रायल दिने व्यवस्था ललितपुरको एकान्तकुनामा मिलाइएको छ ।
टिप्पणीहरू