चीनमा नयाँ ‘इमिग्रेसन सिस्टम’
चीनले आफ्नो प्राविधिक शक्ति र विश्वव्यापी प्रतिस्पर्धात्मकता सुदृढ पार्न नयाँ आप्रवासन प्रणालीमार्फत् अन्तर्राष्ट्रिय प्रतिभा तान्ने रणनीति अघि सारेको छ। आगामी पञ्चवर्षीय योजनामा पहिलोपटक ‘उच्च प्रविधि जनशक्ति आकर्षितको आप्रवासन प्रणाली’ लागु गर्ने घोषणा गरिएको छ।
प्राविधिक प्रतिस्पर्धा तीव्र बन्दै गएको अमेरिकी दबाबका बीच चीनले यो निर्णयलाई आफ्नो दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमताको हिस्सा बनाएको विश्लेषण गरिएको छ। गतसाता सम्पन्न चिनियाँ कम्युुनिष्ट पार्टीको महत्वपूर्ण बैठकपछ…