स्ट्रबेरी खेतीमा अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग
चीनले स्ट्रबेरी खेतीमा अत्याधुनिक प्रविधिको प्रयोगपछि उल्लेख्य सफलता प्राप्त गरेको छ । स्ट्रबेरीको बिरुवा उत्पादन, खेती र बजार वितरणसम्म प्रयोग भएको प्रविधि प्रयोगले उत्पादनमा नसोचेको परिणाम प्राप्त भएको हो ।
चीनको आन्हुई प्रान्तको चाङफुङ काउण्टीमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्ट्रबेरी खेती गरिएको छ । अहिले चीनको सबैभन्दा ठूलो स्ट्रबेरी खेती क्षेत्र बनेको चाङफुङलाई ‘स्मार्ट कृषि क्षेत्र’ भनिएको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार इन्टरनेट र उच्च प्रविधि…