दोब्बर उमेरकी प्रेमिका मारेर भागेका प्रेमी गिरफ्तार
दोब्बर उमेरकी महिला तथा प्रेमिकाको हत्या गरेको अभियोगमा २२ वर्षीय प्रेमी ओमलाल मण्डल समातिएका छन् ।
बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्ने मण्डललाई कर्तव्य ज्यान कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मिथिलाबिहारी नगरपालिका तारापट्टीकी करिब ४५ वर्षीया उषा दासका श्रीमानको मृत्युपश्चात युवक र उनी प्रेम सम्बन्धमा रहे पनि विवाहको विषयमा कुरा नमिलेपछि घटना भएको बताइन्छ । प्रहरीका अनुसार गत बिहीबा…