निर्दयी पिताले छोरी र उनका प्रेमीलाई मारेर गोहीलाई खुवाए
भारतमा एक जनाले आफ्नी १८ वर्षीया छोरी र उनका २१ वर्षे प्रेमीको ज्यान लिएका छन् । छोरीले रोजेको युवकसँगको सम्बन्धबारे असन्तुष्ट पिताले उनीहरु दुवै जनाको ज्यान लिएका हुन् ।
छोरी र उनका प्रेमीलाई मारेर तिनका शव गोही भएको नदीमा फालिदिएका थिए । छोरी शिवानी तोमर र युवक राधेश्याम तोमरको शव मध्य प्रदेशको मोरेना जिल्लाको चाम्बाल नदीमा फालिएको प्रहरीको भनाई छ । उक्त नदीमा गोही छाडिएको छ ।
युवक राधेश्यामका पिताले छोरा र अर्को गाउँकी युवती शिवानी हराएको जानकारी प्रहरी…